Ticker

6/recent/ticker-posts

Ad Code

माध्यमिक शिक्षा परीक्षा (SEE) मा सामेल हुने वि‌द्यार्थीहरुकालागि जरुरी सूचना

माध्यमिक शिक्षा परीक्षा (SEE) मा समेल हुने वि‌द्यार्थीहरुलाई लक्षित गरी यस शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट तालिम प्राप्त शिक्षक‌द्वारा प्रभावकारी ढंगले पठनपाठन गरिएका अंग्रेजी, गणित, विज्ञान, नेपाली र सामाजिक विषयका भिडियो पाठहरु यूटुब च्यानल www.youtube.com/nced virtual मा राखिएको हुँदा आफूलाई इच्छा लागेको जुनसुकै समयमा मन लागेका जुनसुकै पाठहरु निःशुल्क डाउनलोड गरी आफ्नो ल्यापटप तथा एण्ड्रोइड मोबाइलमा हेर्न र सुन्न सकिने सुविधा रहेको व्यहोरा सम्बन्धित सबै वि‌द्यार्थीहरुलाई जानकारी गराइन्छ । साथै सबै जिल्लाका शिक्षा विकास तथा समन्वय एकाई प्रमुखहरु, सबै वि‌द्यालयका प्रधानाध्यापक तथा बिषय शिक्षकहरु एवं सम्पूर्ण अभिभावकहरुले उक्त YouTube Channel मा निःशुल्क प्राप्त हुने भिडियो पाठहरुका बारेमा वि‌द्यार्थीहरुलाई जानकारी तथा सहजीकरण गरी लाभ लिन उत्प्रेरित गर्न हुन अनुरोध छ ।

Post a Comment

0 Comments