गन्यापधुरा गाउँ पालिका स्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएकोमा पालिका परिवारलाई हार्दिक बधाई ज्ञापन गर्दछौँ । साथै उक्त गरिमामय प्रतियोगिताको लागि श्री जनता मा. वि . , सकायलको प्रतिनिधित्व गर्दै अनुशासित र उत्कृष्ठ खेल कौशल प्रदर्शन गरी ६ स्वर्ण

, ७ रजत

र २ कास्य

पदक सहित जम्मा १५ पदक प्राप्त गरी विद्यालयको गरिमा चुल्याउनुहुने सम्पूर्ण खेलाडी भाई बहिनीहरुप्रति हार्दिक बधाई साथै भावी खेल जीवनको स्वर्णिम शुभकामना व्यक्त गर्दछौँ । साथै, प्रतियोगिता तयारी देखि सफल समापनसम्म तत्तत जिम्मेवारीमा अहोरात्र खटिनुभई अहम् जिम्मेवारी वहन गर्नुहुने सम्पूर्ण शिक्षक, कर्मचारी र विद्यार्थीहरुमा विशेष कृतज्ञ छौँ । विशेषतः खेलाडीहरुको ड्रेस प्रायोजनमा अमूल्य सहयोग गर्नुभई विद्यार्थीहरुको हौँसला बढाउन गेम ड्रेस प्रदान गर्नुहुने रोज कलेक्सन, धनगढीका सञ्चालक तथा आदरणीय समाजसेवी श्री रोशन शाही ज्यूप्रति स-सम्मान हार्दिक कृतज्ञता ज्ञापन गर्दछौँ ।
प्र . अ .
तथा
जनता मा. वि. परिवार, सकायल डडेल्धुरा
Social Plugin