"५६ औं वार्षिक उत्सव तथा अभिभावक दिवस विशेष अतिरिक्त क्रियाकलाप तथा खेल सप्ताह आरम्भ"
✍️ गोविन्द बहादुर धामी ( जनाता मा. वि., सकायल)
जनाता मा. वि. सकायल डडेल्धुराले २०८२ जेठ २३ गते देखि आफ्नो 56 औ वार्षिक उत्सव तथा अभिभावक दिवसको पूर्वसन्ध्यामा अतिरिक्त क्रियाकलाप तथा खेल सप्ताह आरम्भ गर्ने भएको छ । विध्यार्थीहरु सदनात्मक रूपमा प्रतिनिधित्व गर्दै विभिन्न विधाहरुमा प्रतिस्पर्धा गर्नेछन् । उक्त सप्ताहमा विध्यार्थीहरू अतिरिक्त क्रियाकलाप, एथ्लेटिक्स, भलिवल , कबड्डी खेलहरु , सास्कृतिक प्रस्तुति लगायत अन्य विविध विधाहरूमा प्रतिस्पर्धा गर्नेछन् । विध्यलयले २०८२ जेठ २६ गते ५६ औं वार्षिक उत्सव तथा अभिभावक दिवस भव्यताका साथ मनाउदै छ।
विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि अतिरिक्त क्रियाकलाप (ECA) र खेलकुदको महत्त्व
शैक्षिक प्रणाली केवल पाठ्यपुस्तकमा सीमित रहनु भनेको विद्यार्थीको समग्र व्यक्तित्व विकासमा अवरोध सिर्जना गर्नु हो। आजको प्रतिस्पर्धात्मक युगमा ज्ञानसँगै व्यवहारिक सीप, नेतृत्व क्षमता, सामाजिक उत्तरदायित्व र मानसिक सन्तुलन पनि अत्यावश्यक मानिन्छ। यस परिप्रेक्ष्यमा अतिरिक्त क्रियाकलाप (Extra-Curricular Activities – ECA) तथा खेलकुद गतिविधिहरू विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि अत्यन्त महत्त्वपूर्ण मानिन्छन्।
३. सृजनात्मकता र नवप्रवर्तन क्षमताको विकास:
चित्रकला, संगीत, नृत्य, नाटक, वक्तृत्वकलाजस्ता अतिरिक्त क्रियाकलापले विद्यार्थीहरूमा सिर्जनशील सोच र नवप्रवर्तनशील दृष्टिकोणलाई प्रोत्साहन दिन्छ।
" विभिन्न चार सदनमा विभाजन पछि विद्यार्थीहरू आवश्यक योजाना बनाउदै "
Social Plugin