नेपाल सरकार
राष्ट्रिय परीक्षा बोर्ड
परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२)
सानोठिमी, भक्तपुर
कक्षा १२ को मौका (पूरक) परीक्षाको संसोधित समयतालिका
२०८२ सालको वैशाख महिनामा सञ्चालित कक्षा १२ को वार्षिक परीक्षामा नियमित परीक्षार्थीको रूपमा (रजिस्ट्रेसन नम्बरको सुरुका दुई अङ्क ८१ भएका) परीक्षामा सहभागी भई सैद्धान्तिकतर्फ अन्य विषयमा न्यूनतम D वा सो भन्दा माथिल्लो ग्रेड प्राप्त गरी बाँकी दुई विषयमा NG (Not Graded) प्राप्त गर्ने वा सैद्धान्तिक तर्फ अन्य विषयमा D वा सो भन्दा माथिल्लो ग्रेड प्राप्त गरी बाँकी बढीमा दुई विषयमा अनुपस्थित (Absent) भएका वा सैद्धान्तिक तर्फ अन्य विषयमा D वा सो भन्दा माथिल्लो ग्रेड प्राप्त गरी कुनै एक विषयमा NG (Not Graded) वा कुनै एक विषयमा अनुपस्थित (Absent) भएका परीक्षार्थीहरूको मौका (पूरक) परीक्षा विशेष कारणवश स्थगित भएकोले उक्त परीक्षाको संसोधित समयतालिका तपसिल अनुसार कायम गरिएको हुँदा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।
परीक्षा समयः बिहान ११:०० बजेदेखि २:०० बजेसम्म
१.
२०८२ असोज ७ गते मङ्गलबार
> अनिवार्य अङ्ग्रेजी (००४१)
> एक विषयमा मात्र परीक्षा दिने परीक्षार्थीहरूको सबै विषय
> दुई विषयमा परीक्षा दिने परीक्षार्थीहरूका लागि आफूले परीक्षा दिने विषयहरू मध्येको सानो कोड नम्बर भएको विषय तर अनिवार्य अंग्रेजी र अनिवार्य नेपाली दुवै विषयमा मौका (पूरक) परीक्षामा सहभागी हुने परीक्षार्थीले पहिलो दिन अनिवार्य अंग्रेजी (००४१) र दोस्रो दिन अनिवार्य नेपाली (००२१) विषयको परीक्षा दिनुपर्नेछ ।
२.
२०८२ असोज ८ गते बुधबार
➤ दुई विषयमा परीक्षा दिने परीक्षार्थीहरूका लागि आफूले परीक्षा दिने विषयहरू मध्येको ठूलो कोड नम्बर भएको विषय (यस दिन अनिवार्य अङ्ग्रेजी (००४१) विषयको परीक्षा सञ्चालन हुनेछैन ।)
> मौका (पूरक) परीक्षा दुई दिन मात्र सञ्चालन हुने छ। एक विषयको मात्र परीक्षामा सहभागी हुने परीक्षार्थीले जुनसुकै विषय भए पनि परीक्षा सञ्चालन भएको पहिलो दिन (मिति २०८२/०६/०७ गते) मै परीक्षामा सहभागी हुनुपर्ने छ।
> अनिवार्य अङ्ग्रेजी (००४१) विषयमा परीक्षामा सम्मिलित हुने परीक्षार्थीहरूको परीक्षा पहिलो दिन मात्र सञ्चालन हुनेछ ।
> दुई विषयमा परीक्षा दिने परीक्षार्थीले आफूले परीक्षा दिने सानो कोड नम्बर भएको विषयमा पहिलो दिन (अनिवार्य नेपाली (००२१) र अनिवार्य अङ्ग्रेजी (००४१) दुवै विषयमा परीक्षा दिने परीक्षार्थीको हकमा सानो कोड ००२१ भएतापनि पहिलो दिन ००४१ विषयको परीक्षा दिनुपर्ने) परीक्षा दिनुपर्नेछ ।
> तोकिएको परीक्षा कार्यक्रम अनुसार परीक्षामा अनुपस्थित हुने परीक्षार्थीका लागि पुनः अर्को व्यवस्था गरिनेछैन ।
> कुनै आकस्मिक बिदा पर्न गएमा समेत परीक्षा नियन्त्रण कार्यालयको पूर्व सूचना बिना परीक्षा स्थगित गरिनेछैन ।
> परीक्षाका लागि चाहिने ग्राफ पेपर, चार्ट, लगटेवल, गोश्वारा भौचर आदि जस्ता सामग्रीहरू परीक्षार्थी स्वयम्ले ल्याउनुपर्नेछ ।
> परीक्षा हलमा मोबाइल फोन, स्मार्ट घडी, ब्लुटुथ उपकरण लगायत अन्य इलेक्ट्रोनिक्स डिभाईस लैजान निषेध गरिएको छ। सूचना अवज्ञा गरी उपरोक्त सामग्री लगेको पाइएमा परीक्षा रद्द गरिनेछ ।
परीक्षार्थीहरू १५ मिनेट अगाडि अनिवार्य रूपमा परीक्षा केन्द्र पुगी परीक्षा हलभित्र प्रवेश गरिसक्नु पर्नेछ ।
> यस अघि निर्धारण गरिएको परीक्षा केन्द्रबाट नै परीक्षामा सहभागी हुनुपर्ने छ। परीक्षा केन्द्र सम्बन्धी विस्तृत विवरण बोर्डको वेवसाईटमा राखिएको छ ।
> तोकिएको परीक्षा केन्द्रबाट मात्र परीक्षा दिनुपर्नेछ। केन्द्र परिवर्तन गर्न पाइनेछैन ।
> बोर्डका सम्बन्धित कार्यालयहरूले यसै सूचना अनुसार गर्नु गराउनु हुन अनुरोध छ ।
परीक्षा नियन्त्रक
मिति : २०८२/०५/३१

0 Comments